सर्लाहीका चर्चित गोरु व्यापारी शम्भु सहित ६ जना जुवाको खालबाट पक्राउ



कार्तिक १९ गते ।



सर्लाहीमा जुवाको खालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाकाे बरहथवा नगरपालिकाका चर्चित गोरु व्यापारी शम्भु सिंहसहित ६ जनालाई ६० हजार ९ सय ९५ नेपाली रुपैयाँ र ५ हजार दुई सय भारतीय रुपैयाँ सहित जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोरु व्यापारी सिंहको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा सिंहसहित सर्लाही बरथवा–६ बस्ने ४२ बर्षका राम प्रमोद महतो, बरथवा–५ बस्ने बर्ष ४८ का महमद हसन कवारी, बरथवा–७ बस्ने बर्ष ३८ का दिनेश शाह भनेर चिनिने गोबिन्द साह, सोहि ठाउँ निवासी बर्ष ५५ का रामानन्द दास र १६ का बर्ष ३० को मनोज राय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button