काेराेना संक्रमणबाट थप ३ जना काे मृत्यू



कोरोना संक्रमणका कारण उदयपुर, सप्तरी र पर्साका गरी थप तीन जनाको मृत्यु भएको छ ।


मृत्यू हुनेमा उदयपुरकाे चौदण्डीगढी नगरपालिका बेलटारका ४० बर्षीय एक पुरुषकाे आज मंगलबार विहान बिराटनगर स्थित कोसी अंचल अस्पतालमा मृत्यु हो ।

त्यस्तै पर्साको धोविनी गाउपालिकाका ५५ वर्षका पुरुषको गएराति नारायणी अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सप्तरीको महादेवा गाउपालिकाकाे ३० वर्षीय युवकको गएराति मृत्यु भएको हो । उनको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button