बालिका बलात्कार गर्ने एक सप्तरीबाट पक्राउ




बिहे गरिदिने प्रलाेभन देखाएर दुई बालिकालाई बिक्री गर्न खोज्ने एकजना सप्तरीबाट पक्राउ परेका छन् ।

१३ र १४ वर्षीया दुई बालिकालाई भारतमा लगि बिक्री गर्न खोजेको आरोपमा जिल्लाकाे हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई प्रहरीले साेमबार पक्राउ गरेको हो ।

पीडित बालिकाका अभिभावकले दिएकाे संयुक्त जाहेरीका आधारमा सलामलाई प्रहरीले पक्राउ गरेको छ । सलामसहित अन्य दुई जनाविरुद्ध मानव बेचविखन तथा ओसारपसार विरुद्धको कारबाही अघि बढाइएकाे छ ।

अर्का आरोपित हनुमाननगर कंकालिनी–६ का २० वर्षीय ओमप्रकाश चौधरी फरार रहेको र उनको अहिले खोजी कार्य जारी राखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button