बलात्कारका आरोपी वडासचिव कारागार चलान



facebook sharing button

महाेत्तरी। बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका-९ का वडासचिव मिथिलेश यादव पुर्पक्षका लागि कारागार चलान भएका छन्।


सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको इजलासले यादवलाई पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाएको हो।

भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए।

सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी आफ्नै वडा बस्तीकी महिलामाथि जाइलागेर बलात्कार गरेको उनीमाथि आरोप छ।

जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइमा अदालतले पुर्पक्ष थुनाको आदेश गरेको हो। यादवलाई सोमबार साँझ नै महोत्तरी कारागार चलान गरिएको हो। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button