अवैध लागुऔषध एक जना पक्राउ



महाेत्तरीबाट शनिबार अवैध लागुऔषध सहित   एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाकाे बर्दिबास न.पा. ३ गौरी डाँडा बस्ने अंन्दाजी   २४ बर्षीय रण बहादुर ठारा मगर रहेका छन् ।


जिल्लाकाे सम्सी गा.पा. ६ सम्सी बजार स्थित भारत बाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकि सम्सीबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा उनकाे  साथबाट  नाइट्राेभेट १० लेखेकाे    ३० ट्याब्लेट , नाइट्राेजेपाम १० ट्याब्लेट   र इस्पास्माे प्राेक्सिभन २४ ट्याब्लेट   बरामद गरिएकाे जिल्ला प्रहरी कार्यलय महाेत्तरीले जनाएकाे छ ।

पक्राउ परेका मगरलाइ  लागुऔषध सहित  नियन्त्रणमा थप अनुसन्धान भई रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button