जागिर गुमाएका पत्रकाहरुलाई लेखन वृत्तिको व्यवस्था गर्न माग




नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखन वृत्ति सहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।


हिजो अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वय नगर्ने सञ्चार माध्यमलाई सहुलियत पूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको छ ।

सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्थागर्नुपर्ने र ऐन कार्यान्वयननगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्धनगराउनपनिआग्रह गरेको छ ।

सुझाव पत्रबुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालयको टीम र अन्य सरोकारवालाहरु सँग छलफल गर्ने बताउनुभयो ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button