न्युज २४ कर्मी रबिलामिछाने पत्नी निकिता सहिता काेराेना संक्रमित




न्युज २४ टिभीकाे लाेकप्रिय कार्यक्रम सिधा कुरा जनता संगका कार्यक्रमका प्रस्ताेता संचारकर्मी रवि लामिछानेलाइ काेराेना संक्रमण पुष्टि भएकाे छ । लामिछाने पत्नी निकिता पाैडेल सहित कोरोना संक्रमित भएका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमार्फत आफू संक्रमित भएको  जानकारी दिएका छन् ।

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्ने लामिछानेकाे ठहर छ ।

मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर गर्दा संचारकर्मी लामिछाने    पत्नी निकीता सहित  कोरोना संक्रमित भएका हुन । अहिले दुवै दम्पतीकाे  स्वास्थ अवस्था  सामान्य  रहेकाे छ।

यता लामिछाने दम्पती काेराेना संक्रमित भएपछि उनीहरूकाे स्वास्थ्य लाभकाे कामना सबैले सामाजिक सञ्जाल मार्फत गरिरहेका छन् ।

लामिछानेले सिधा कुरा जनता संग कार्यक्रममा अावाज बिहानहरूकाे अावाज बाेलेपछि उनी अाम नेपाली जनतामाझ लाेकप्रिय भएका छन् ।

उनले विगत लामाे समय देखि उक्त कार्यक्रम मार्फत जनताकाे दुख , पिडा र समस्या सुन्दै त्यसकाे सामधानकाे लागी सम्बन्धीत निकायलाइ जवाफदेही बनाउने प्रयास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button