ठगी मुद्दामा नेपाली काँग्रेस जिल्ला सदस्य रामबाबु यादव पक्राउ




ठगी आरोपमा सिरहाका नेपाली काँग्रेस जिल्ला सदस्य रामबाबु यादव पक्राउ परेका छन् । प्रहरी थुनामा रहेका मान्छेलाइ छुटाइदिने भन्दै पैसा ठगी गर्ने यादव पक्राउ परेका हुन् । उनी इलाका प्रहरी कार्यालय मिर्चैया सदरमुकामबाट पक्राउ परेका छन् ।


गत असोज १८ गते जुवा खेल्ने क्रममा आठ जना पक्राउ परेका मध्ये सियाराम महतोलाई प्रहरीबाट छुटाइदिने प्रलोभनमा पारेर परिवारसँग ४ लाख रुपैयाँ ठगी गरेको आरोप उनी माथि लागेको छ । यादव माथि ठगी मुद्दा चलाइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यता यादव नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य नरहेको जिल्ला सभापति रामचन्द्र यादवको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button