डा. केसी आईसीयूमा उपचार गराउँदै




चिकित्सा शिक्षा सुधारको माँग राख्दै लामो समय अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना भइ उपचार गराइरहेका छन् ।


सरकारसँग शनिबार मध्यराति ८ बुँदे सहमति भएसँगै डा. गोविन्द केसीले आइतबार बिहान अनशनको २८औं दिन त्रिवि शिक्षण अस्पतालकै सरसफाइ कर्मचारी विकास नेपालीको हातबाट जुुुस पिएर अनशन तोडेका थिए ।

अनशन तोड्नु अघि डा. केसीलाई उनको सहयोगी प्रीतम सुवेदीले सरकारसँग भएको सहमति पढेर सुनाएका थिए । साथै उनले दुवै पक्षका वार्ता टोली , शुभचिन्तक र सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button