स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा पुनः लकडाउन हुन सक्ने सरकारको चेतावनी




सरकारले नागरिक स्तरबाट स्वास्थ्यका मापदण्डको उल्लङ्घन हुनेक्रम बढेकोमा चिन्ता व्यक्त गर्दै फेरि लकडाउन अर्थात् बन्दाबन्दी हुनसक्ने चेतावनी दिएको छ ।


मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले नागरिकले उच्च सतर्कताका साथ कोरोना विरुद्धका नियमहरू पालना गरे भयावह अवस्था स्थिति आउन नसक्ने बताए । साथै उनले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरे ।

नेपालमा हिजो मात्रै थप ४ हजार ४७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो,भने ९ जना संक्रमितको कोरोनाबाट मृत्यू भएको छ ।

हाल सम्म सक्रिय संक्रमितको संख्या ३० हजार नाँघिसकेको छ । विज्ञहरुले सक्रिय संक्रमितको संख्या २५ हजार भएपछि लकडाउन गर्न यसअघि नै सुझाव दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button