भंगहाका मेयर साहलाई कोरोना संक्रमण पुष्टि




महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । सोमबार बर्दिबासमा स्वाब परिक्षण गराएका मेयर साहलाइ साेही दिन काेराेना संक्रमण पुष्टि भएका थिए ।


मेयर साहले आफूलाइ काेराेना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका थिए ।

केही दिन अघि उनलाई ज्वरो र समान्य रुघाखोकी लागेको थियो । चिकित्सकको सल्लाह अनुसार उनले साेमबार काेराेना परीक्षण गराएका हुन् ।


साहले आफ्नाे संक्रमण आएकाहरुलाई समेत सचेत भएर बस्न र स्वास्थ्यमा कुनै समस्या भए कोरोना परिक्षण गराउन आग्रह गरेका छन् । अहिले उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button