महोत्तरीका ४ जना पत्रकार कोेरोना संक्रमित , दुई जना संक्रमण मुक्त , दुई जना होम



महोत्तरीको बर्दिबासका सक्रिय पत्रकारहरु कोरोना संक्रमित हुने क्रम बढ्दो छ । शनिबार सम्म बर्दिबासका ४ जना पत्रकारहरु कोरोना संक्रमित भइसकेका छन् ।


आमसञ्चारको माध्यमबाट जनसमुदायलाइ तथ्यसत्य सुचना प्रवाह गर्दै आएका पत्रकारहरु आफूहरु कोरोनाबाट सचेत हुंदाहुदै पनि संक्रमित भएको बताउछन् ।

पछिल्लो पटक शनिबार मात्रै कान्तिपुरकी महोत्तरी संवाददाता सुनिता बराल कोरोना संक्रमित भएकी छीन् । उनीभन्दा चार दिन अघि राष्ट्रिय समाचार समिति रासस महोत्तरीका संवाददाता गोपाल बराल संक्रमित भएका थिए ।

अहिले पत्रकार गोपाल बराल र सुनिता बराल होम आइसुलेशनमा बसिरहेका छन् । यसअघि अन्नपूृर्णकर्मी राजकरण महतो र न्युज २४ टिभी महोत्तरीका संवाददाता ललन कुमार मण्डल संक्रमित भएका थिए । उनीहरु दुवैजना संक्रमण मुक्त भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button