बाँके, दाङ र रूपन्देही कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यू




बाँके, दाङ र रूपन्देहीमा १÷१ जना गरी थप तीन पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यू हुनेमा भेरी अस्पतालमा उपचाररत बाँके जिल्लाको कोहलपुर नगरपालिका –९ पिपरीका ३८ वर्षीय पुरूष रहेका छन् ।


मृतकलाइ भेन्टिलेटरमा राखेर उपचार गरेपनि हिजो शुक्रबार राति ११ उनको मृत्यू भएको अस्पताल श्रोतले जनाएको छ ।

यस्तै अर्का संक्रमित शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङको घोराही उपमहानगरपालिका – ३ का १५ वर्षीय किशोर को पनि कोरोना संक्रमणबाट मृत्यू भएको छ । ति किशोरको शुक्रबार राति करिब नौ बजेतिर मृत्यु भएको हो ।

यस्तै अर्का संक्रमित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुष रहेका छन् । ति पुरुषको हिजो शुक्रबार दिउँसो मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button