भंसार छलिको सामान बरामद




महोत्तरी प्रहरीले भन्सार छलि ल्याउदै गरेकाे साँढे १२ हजार मुल्य बराबरको सामान बरामद गरेको छ ।


बिहिबार प्रहरी चौकि मटिहानी बाट गस्तीमा खटिएको प्रहरी टोलिले जिल्लाको मटिहानी न.पा. ८ मा लुकाई छिपाई भारतबाट भन्सार छलेर ल्याउदै गरेको साँढे १२ हजार मुल्य बराबरकाे सामान बरामद गरेकाे जिल्ला प्रहरी कार्यलय महाेत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताएका छन् ।

बरामद गरिएका सामानहरू

अमुल कुल ५ कार्टुन अन्दाजी मुल्य ४,००० को , धारा तेल २ टिन अन्दाजी मुल्य ४,००० रुपिंयाँको, चिनि ४० के.जी. अन्दाजी मुल्य २,४००को र मसाल तेल १ कार्टुन अन्दाजी मुल्य २,१०० रुपियाँ गरी जम्मा अनुमानित १२ हजार ५ सय मुल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button