राससकाे महाेत्तरी पत्रकार बराललाइ काेराेना पुष्टि



राष्टिय समाचार समिति रासस पत्रिकाका महाेत्तरी संवाददाता गाेपाल बराललाइ काेराेना संक्रमण पुष्टि भएकाे छ । बरालले बिहिबार साँझ आफूलाइ काेराेना संक्रमण भएकाे जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका थिए ।


गत असाेज १० गते नगरपत्रकार सञ्जालकाे साधारण सभामा अन्नपूर्णकर्मी राजकरण महताे सहभागी भएका थिए ।

महताेलाइ साेहीदिन काेराेना पुष्टि भएपछि सञ्जालकाे साधारण सभामा उपस्थित पत्रकार लगाएत सबैकाे काेराेना परीक्षण त्यसकाे भाेलिपल्टै गरिएकाे थियाे । त्यसबेला सबैकाे काेराेना रिपाेर्ट नेगेटिभ अाएकाे थियाे ।

हतारमा गरिएकाे परीक्षण भएर त्यसबेला रिपाेर्ट नेगेटिभ अाएकाे हुन सक्ने बरालले बताए । तर बरालकाे कम्मर दुख्ने समस्या सामाधान हुन नसकेपछि काेराेनाकाे शंका लागेर उनले बुधकार पुन काेराेना परीक्षणकाेलागी स्वाब दिएका थिए ।

त्यसकाे रिपाेर्ट भने हिजाे बिहिबार पाेजिटिभ अाएकाे छ । बरालकाे स्वास्थ्य अवस्था अहिले सामान्य रहेकाे र उनी घरकै अाइसाेलेसनमा रहेकाे बताएका छन् ।

उनले काेराेना सजिलै जित्न सक्ने विश्वास समेत व्यक्त गरे साथै अाफ्नाे सम्पर्कमा रहेका सबैले अावश्यक सचेतता र सतर्कताका रहन पनि अनुराेध गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button