७५ वर्षीया वृद्धा ११ दिनदेखि बेपत्ता



लाहानमा धानखेत हेर्न निस्केकी ७५ वर्षीया वृद्धा विगत११ दिनदेखि बेपत्ता भएकी छिन् । १२ असोजको बिहान करिब साढे ७ बजेतिर घर नजिकैको खेत हेर्न जान्छु भन्दै निस्किएकी सिरहाको लहान नगरपालिका १५ ढोढना बानो गाउँकी ७५ वर्षीया सितलीदेवी थरुनी पछिल्लो ११ दिनदेखि बेपत्ता छिन ।


आफन्त, गाउँघर सबैतिर खोजिसके पनि कतै फेला नपरेकाे वृद्धाकी बुहारी निर्मला चौधरीले बताइन् ।

सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि खोजीका लागि लहानस्थित इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ । लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले हराएकी वृद्धाको तस्वीर सहितको हुलिया प्रहरी युनिटहरुमा पठाएर खोजी कार्य तिव्र पारिएकाे बताइएकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button