खतिवडासहित तीन जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान




सङ्घीय संसदको संसदीय सुनुवाइ समितिले डा युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सुनुवाइ समितिको बैठकले तीनै जनाविरुद्ध उजुरी दिन १० दिनको समय सिमा ताेकेकाे छ । उजुरी हिजाे देखि कात्तिक ३ गतेसम्म उजुरी दिन सकिने समिति सचिवालयले जनाएको छ ।


सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार एवं प्रमाण सहित उजुरी दिन सकिने छ । उजुरीकर्ताको परिचय भने सचिवालयले गोप्य राखिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button