गम्भीर समस्या भए मात्र अस्पताल जान सरकारको आग्रह





स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य रुघाखोकी लाग्दैमा अस्पताल नआउन आग्रह गरेको छ ।

सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जाने क्रम बढेको भन्दै श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहाेस हुने अवस्था आएमा मात्रै अस्पताल आउन मन्त्रालयले आग्रह गरेकाे छ ।

पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसको भीडले सङ्क्रमणको दर ह्वाँत्तै बढिरहेकाे छ । काेराेनालाइ बेवास्ता गरिएकोले संक्रमितकाे संख्या बढेर अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले यस्ताे नीति लिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button