नेपाल काेराेना संक्रमित देशहरूकाे ४५ औं सुचीमा



विश्वका २ सय १६ मुलुकमध्ये नेपालले कोरोना सुरु भएको चीनलाई समेत पछि पारेको छ । नेपाल काेराेना संक्रमित हुने मुलुकहरूकाे ४५ औं सुचीमा छ भने काेराेनाकाे उद्गम बिन्दु चिन भने नेपाल भन्दा २ देश पछि अर्थात ४७ औं सुचीमा रहेकाे छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांकअनुसार नेपालमा कूल काेराेना संक्रमितको संख्या १ लाख नजिक अर्थात ९४ हजार २ सय ५३ पुगेको रहेकाे छ । चिनमा भने ८५ हजार ५ सय संक्रमित रहेका छन् ।

सार्क मुलुकमा नेपालभन्दा अगाडि भारत, पाकिस्तान र बंगलादेश मात्रै छन्। दोस्रो नम्बरमा रहेको भारतमा याे समाचार तयार पार्दा सम्म ६८ लाख ३२ हजार ९ सय ८८ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button