विपन्नका लागी राेजगारी



विश्वव्यापी कोरोना भाइरसको महामारीले रोजगारी गुमाएका गरिब परिवारका सदस्यहरूलाइ महोत्तरीको गौशाला नगरपालिकाले आयआर्जन परियोजनामा आबद्ध गरेकाे छ ।


मजदुरी गरेर जीविका चलाउने ४ सय ५०   घर परिवारलाई आयआर्जन परियोजना अन्तर्गत बाख्रापालन,माछापालन ,फलफूल खेती र जडीबुटी खेतीमा आबद्ध गराएको छ ।

नगरपालिकामा कोभिड–१९ बाट प्रभावित अति विपन्न परिवारका लागि ‘आयआर्यन तथा रोजगारी विकास परियोजना’ सञ्चालनमा ल्याइएकाे हाे । गौशाला नगरपालिका र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त आयाेजनामा विपन्न परिवारकाे जिविकाे पार्जनकालागी उक्त कार्यक्रम नगरभित्र सञ्चालन गरिएकाे हाे बताउछन् सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास महोत्तरीका अध्यक्ष नाँगदेव यादव

उनले नगरभरी अाधुनिक शैलिबाट उन्नत जातका बाख्रापालन,माछापालन ,फलफूल खेती र जडीबुटी खेतीमा स्थानीयलाइ सहभागी गराउने बताए । साथै यसैबाट उनीहरूकाे जीवनस्तर माथि उठ्न सक्ने विश्वास व्यक्त गरे ।

हाल नगरपालिकाकाे ३,८,१०, र १२ वडा गरी ४ वटा वडामा उक्त परियाेजना अन्तर्गतकाे कार्यक्रम सञ्चालन भइरहेकाे छ ।

२ करोड ५३ लाख लगानीमा सञ्चालन भएकाे यस जिविकाेपार्जन सम्बन्धी कार्यक्रममा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासकाे प्राविधिक सहयोग सहित परियोजनामा अन्य साझेदार संस्था र जन श्रमदानसहित याे कार्यक्रम सञ्चालनमा अाएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button