कोरोना संक्रमणका कारण थप ३ को मृत्यू




बुधबार बिहानै कोरोना संक्रमणका कारण इटहरीमा १ जना पुरुष र बुटबलमा एक महिला र १ पुरुष गरी थप ३ जनाको मृत्यू भएको छ ।


मृत्यू हुनेमा इटहरी अस्पतालमा उपचार नपाएका एक कोरोना संक्रमितको रहेका छन् । इटहरी ७ का ६८ वर्षीय ति पुरुष नियमित डायलाइसिस गरिरहेको थिए ।

उनलाई बिरामी भएपछि विराटनगरको म्याक्स अस्पताल भर्ना गरिएको थियो। त्यहाँ पिसिआर टेस्ट गर्दा कोरोना संक्रमण पाइएपछि अस्पतालले कोशी अस्पताल वा धरानस्थित वीपी प्रतिष्ठानमा रेफर गरेको थियो ।


इटहरीमा सुविधासम्पन्न अस्पताल नहुँदा जटिल रोगका बिरामीहरुलाई धरान वा विराटनगर लानुपर्ने बाध्यताले कैयौं बिरामीको समयमै उपचार नपाएर मृत्यू भएको छ । दिनप्रतिदिन इटहरीमा कोरोना संक्रमितहरु थपिँदै जाँदा अस्पतालहरुमा बिरामीहरुलाइ बेड अभाव हुन छाडेका छ ।
त्यस्तै

बुटवलस्थित कोरोना विशेष अस्पतालमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि गत असोज १५ गते स्वाब पठाईएकोमा त्यसको भोलिपल्टै उनको रिपोर्ट पोजिटिभ आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको उनको गएराति १२ः ५० बजे मृत्यु भएको हो । उनी उच्च ज्वरो र उच्च रक्तचापको बिरामी समेत थिए ।

त्यस्तै कोरोनाबाट मृत्यू हुनेमा बुटवलस्थित कोरोना विशेष अस्पतालमै उपचाररत बुटवल ९ की ५५ वर्षीया महिला रहेकी छन् । श्वासप्रश्वासमा समस्या भएपछि गत असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकोमा उनको आज बिहान साढे ५ बजे मृत्यु भएको थियो ।

मृतक महिलामा पनि सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको बिरामी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button