बुटवलको कोरोना विशेष अस्पतालमा थप २ को मृत्यु



बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक पुरूष र एक महिला गरी थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पताल श्राेतले जनाएकाे छ ।


स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि गत असोज १५ गते स्वाब पठाईएकाेमा त्यसकाे भाेलिपल्टै उनकाे रिपाेर्ट पोजिटिभ आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको गएराति १२: ५० बजे मृत्यु भएको हो । उनी उच्च ज्वरो र उच्च रक्तचापको बिरामी समेत थिए ।

त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि गत असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा पीसीआर परीक्षण गराउँदा रिपाेर्ट पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकाेमा उनकाे आज बिहान साढे ५ बजे मृत्यु भएको थियाे ।

मृतक महिलामा पनि सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको बिरामी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button