३ वर्षीया बालिकासहित चितवनमा थप २० जनामा कोरोना पुष्टि



चितवनमा तीन वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । संक्रमित मध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी र दाङका रहेको अस्पताल श्राेतले जनाएकाे छ ।

भरतपुर अस्पतालले सोमबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र २ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनीका ३ पुरूष र ३ महिलामा पनि संक्रमण पुष्टि भएकाे छ । संक्रमित मध्ये एकजना ३ वर्षीया बालिका पनि छीन् ।

इच्छाकामनाका नगरपालिकाका एक पुरूष, रत्ननगर र कालिकाका एक/एक जना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपरासीको मध्यविन्दुकी १९ वर्षीया एक युवती र दाङ तुलसीपुरका ३४ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button