सुरक्षाका मापदण्ड अपनाउँदै पर्यटन पुनरुत्थानका कार्यक्रम गर्न पर्यटन मन्त्री भट्टराईको अपिल ।।




संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्तगर्नुभएको छ ।


मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानकाकार्यक्रमगर्न अपिलसमेत गर्नुभएको छ । विश्वपर्यटन दिवसको अवसरमाआजशुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले सो अपिलगर्नुभएको हो ।

कोरोना सङ्क्रमण रोकथामको उद्देश्यले नेपालमा २०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी र घुमफिरमाभएको नियन्त्रणले पर्यटन व्यवसायतथा सेवामाउच्चक्षतिपुगेको मन्त्री भट्टराईले उल्लेख गर्नुभएको छ ।

उहाँले आगामी दिनमा जनता एवम् सरोकारवाला समुदायका सुझाव, विज्ञहरुको सिफारिसको आधारमा नवप्रवर्द्धन र विकास सम्बन्धी योजना तथा कार्यक्रमलाई उच्चमहत्वका साथ कार्यान्वय नगर्ने पनि बताउनु भएको छ ।

सन् १९७० सेप्टेम्बर २७मा संयुक्त राष्ट्रसंघीय विश्वपर्यटन संगठनको स्थापना भएपछि सोहीदिनको सम्झनामा १९८० देखि प्रत्येक वर्ष विश्वपर्यटन दिवस मनाउन सुरु गरिएको हो ।

cin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button