आज माैसम खुल्दै जाने



केही दिनदेखि परेको लगातारको झरी शनिबारदेखि कम भई मौसम खुल्दै जाने मौसम विज्ञान विभागले जनाएको छ ।


मौसम पुर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार हुंदै जानेछ । देशका धेरैजसो स्थानमा भने हिजो शुक्रबारदेखि नै मौसम खुल्दै गएको छ ।

शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही समय लाग्ने मौसमविदको भनाइ छ ।

नेपालमा आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुने र त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधिको विश्लेषणपश्चात मात्रै मनसुन बाहिरिने अवस्थाको अनुमान गर्न सकिने छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १० गते (शनिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र  गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा  तथा प्रदेश न ५,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र  प्रदेश नं २ को एक/ दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र  गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा  तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी  प्रदेशका   का  एक/ दुइ स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

असोज ११ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश, मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम  प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा  मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १२ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्लका वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्लका वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश नं १,प्रदेश नं २ र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले  आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

श्राेत माैसम पूवानुमाहाशाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button