कोरोना भाइरसको महामारीको समयमा कैदीबन्दीको अवस्थाबारे अनुगमन सुरु




राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा कैदीबन्दीको अवस्थाबारे अनुगमन सुरु गरेको छ ।


आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोली हिजोदेखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको अनुगमनमा खटिएको हो ।

उक्त टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृत सहभागी भएका आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।

कोरोना संक्रमणको समयमा उनीहरूले उपचारको पर्याप्त अवसर पाए नपाएको लगायतका विषयमा आयोगले अनुगमन गर्ने अनुगमन टोलीका संयोजक एवम् आयोगका सदस्य सुदिप पाठकले बताउनुभयो ।

पछिल्लो समय देशका धेरै कारागारमा कैदीबन्दीलाई कोरोना संक्रमण भएको छ । कारागारमा रहेका कैदी बन्दीको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन आयोगले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button