मेरो लागि सडक प्रदर्शन नगरिदिनु –कुलमान घिसिङ




नेपाल विधुत प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अाफ्नाे पुनः नियुक्तिको माग गर्दै केही दिनदेखि संघिय राजधानी काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउमा भैरहेको प्रदर्शन नगर्न अान्दाेलनतर सम्पूर्ण नेपाली जनतालाइ अाग्रह गरेका छन् ।

घिसिङले शनिबार साँझ अाफ्नाे अाधिकारिक फेसबुक एकाउण्टबाट विश्वब्यापि रूपमा फैलीएकोे कोभिड -१९ का कारण नेपालमा पनि अाक्रान्त भएकाे भन्दै माहामारीकाे संवेदनशील अबस्था मा सडक मा भिडभाड गरी प्रर्दशन नगर्न अनुराेध गरेका छन् ।

घिसिङले फेसबुक स्टाट्समा नेपाल सरकारले कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी अाफूले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको बताउदै प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवॅ स्वाभाविक प्रकृया भएकोेले यसलाई सबैले आत्मसाथ गर्नु पर्ने उल्लेख गरेका छन् ।

साथै उनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकार मा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने बताए ।

सुनाैलाे नेपालकाे पेजबाट कुलमान घिसिङकाे स्टाट्स जस्ताकाे त्यस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button