संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्षको शुभकामना




संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्षले शुभकामना दिएका छन् ।संविधान सभाबाट संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा २९ मुलुकबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका हुन् ।


अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भारत, गणतन्त्र कोरिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले शुभकामना दिएका छन् ।

यस्तै लग्जेम्बर्ग, मालदिभ्स, म्यान्मा, नेदरल्याण्ड्स, निकारागुवा, फिलिपिन्स, पोल्याण्ड, कतार, रुस, साउदी अरेबिया, थाइल्याण्ड, टर्की, श्रीलङ्का र स्विट्जरल्याण्डका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई राष्ट्रिय दिवसका अवसरमा बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button