थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७९ पुग्यो ।।




नेपालमा आज एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको छ ।


६ वटा जिल्लाका ४ महिला र ४ पुरुष गरी ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मृत्यू हुनेमा सुनसरीका ७० वर्षीय पुरुष, सप्तरीका ३५ वर्षीय पुरुष, बाराकी ४६ वर्षीया महिला, काभ्रेकी ५५ वर्षीया महिला र ४१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै गत २४ घण्टामा काठमाडौंमा ७१ र ७४ वर्षीया महिला र कास्कीमा ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा मंगलबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

त्यसैगरी

पछिल्लो २४ घण्टामा मुलुकभर १५ सय ३९ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार बुधबार पछिल्लो २४ घण्टामा कोरोनाका १५ सय ३९ जना नयाँ संक्रमित फेला परेका हुन् ।

बुधबार फेला परेका नयाँ संक्रमित सँगै मुलुकभर कुल संक्रमितको सँख्या ५८ हजार ३ सय २७ पुगेको छ । हालसम्म १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेको र बाँकी डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ६८ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button