महोत्तरीमा निर्माणाधीन बालउद्यानमा इन्जिनियर बस्नेतको १ लाख सहयोग




महोत्तरीको बर्दिबासका इन्जिनियर रेबन्त बस्नेतले नगरपालिकामा निर्माणाधीन बालउद्यान निर्माणमा अहिलेसम्मकै सबै भन्दा बढी रकम सहयोग गरेका छन् ।


जनसहयोगी युवा सञ्जाल बर्दिबासले नगरपालिकाको वडा –९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा निर्माण गरिएको चिल्ड्रेन पार्क निर्माणमा १ लाख १ हजार १ सय ११ रुपैंया सहयोग गरेका छन् ।

जनस्तर र उर्जावान युवाहरुको सकृयतामा निर्माण भइरहेको बालउद्यान पैसाको अभाव भएकाले इन्जिनियर बस्नेतले सञ्जल समितिका अध्यक्ष परमेश्वर महतोलाई निर्माण स्थलमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

बालउद्यान निर्माणको ७० प्रतिशत काम सम्पन्न भइसकेकाे छ । दशैं अगाबै बालउद्यानको सम्पूर्ण काम सम्पन्न हुने श्राेतकाे दाबि छ ।

लकडाउने आर्थिक गतिविधी ठप्प रहेको बेला नसहयोगी युवा सञ्जाल बर्दिबासले मुठ्ठीदान अभियान संचालन गरेर बालउद्यान निर्माण कार्य सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button