कोरोना माहामारीलाइ बेवास्ता गर्दै महोत्तरीको भङगहा नगरपालिकामा जातिय भोजकोे तयारी




कोरोना माहामारीलाइ बेवास्ता गर्दै महोत्तरीको भङगहा नगरपालिकामा आउदो शुक्रबार सभाको(जातिय) ठुलो भोजकोे तयारी गर्न लागिएको छ ।


स्थानिय राम विलन ठाकुरको घरमा सभाको भोज आयोजना हुन लागेको एक स्थानियले जानकारी बताएका छन् ।

राम विलन ठाकुरका बुवा राम जतन ठाकुरको निधन पश्चात १३ औँ दिनको पुन्य तिथिमा भोजको आयोजन गर्न लागिएको हो ।

सभाको भोज गर्न जातका नाइके अथार्त नेतृत्व गने व्यक्ती जसलाई मधेसी समुदायमा माइन्जन भन्ने गरिन्छ ।

धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ कातिकुमर निवासी माइन्जन राम दयाल ठाकुरले कोरोनाको जोखिमका बिच पनि भोज गर्न दबाब दिइरहेको श्रोतले जनाएको छ ।

यस भोजमा कम्तीमा ५०० भन्दा बढि मानिसको उपस्थिति हुने श्रोतको दाबि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button