कालापानी लगायत अतिक्रमित भूमि पाठ्यपुस्तकमा




भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत सीमा क्षेत्रका बारेमा विद्यालय तहमा नै पठनपाठन हुने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखिका विद्यार्थीलाई सीमा सम्बन्धी जानकारी दिन स्वअध्ययन पुस्तिका तयार पारेको हो ।

केन्द्रका महानिर्देशक केशव दाहालले स्वअध्ययन सामग्रीलाई पाठ्यक्रमसँग जोडेर पनि पठनपाठन गराउन सकिने बताए । नेपालको भू(भाग र सिमाना सम्बन्धी जानकारी दिने उद्देश्यले पुस्तक तयार पारिएको केन्द्रले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा पुस्तक सार्वजनिक गरे ।

नेपालको निर्माण र एकीकरण, सिमाना जोडिएका छिमेकी मुलुकहरूसँगको सम्बन्ध, सिमाना र सिमाना सम्बन्धी विवाद रहेका स्थानहरू र विवाद समाधानका उपायहरूका सम्बन्धमा विद्यार्थीलाई जानकारी दिन पुस्तक तयार पारिएको उनले बताए ।

साभार कान्तिपूर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button