दुर्घटनामा एकको मृत्यु, दुई घाइते




मदन भण्डारी लोकमार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका(७ सुगारेमा मोटरसाइकल र साईकल एक आपसमा ठक्करखाँदा एक जनाको मृत्यू हुनुका साथै दुई जना घाइते भएका छन्।

मृत्यू हुनेमा मोटरसाइकलमा सवार २६ बर्षका यादव ढुङ्गाना रहेका छन् । ढुङ्गाना उदयपुरको कटारी बाट दुधौली तर्फ आउँदै गरेको लु ५८ प २६३८ अस्थाई नंबरको मोटरसाइकल र विपरित दिसा बाट आईरहेको साईकलमा ठोक्किएर दुर्घटना हुँदा टाउकोमा गम्भीर चोट लागेका ढुङ्गेलको सिराहाको फुल कुमारी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो ।

सुनसरी जिल्ला स्थित इटहरीमा घर भएका ढुङ्गना हाल लघु उद्योग बितिय संस्था दुधौली शाखाको शाखा प्रमुखमा कार्यरत रहेका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक निजगढ नगरपालिक ७ बारा घर भई हाल आरम्भ माईक्रो फाईनस दुधौलीमा कार्यरत बर्ष २४ को अनिल घिमिरे र साईकल चालक दुधौली नगरपालिका ७ सुगारे सिन्धुलीका बर्ष २३ को रासलाल अधिकारी रहेका घाइते भएका छन् ।

घाइते अधिकारीको उदयपुरको काटारीमा उपचार भई रहेको र मोटरसाइकल चालक घिमिरेलाई उपचार पश्चात प्रहरीले यिन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button