कोरोना भाइरस नेपालः थपिए ११ सय सङ्क्रमित, १५ जनाको मृत्यु




सोमवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,१७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा १५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५५,००० नाघेको छ।

अहिलेसम्म ३६० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये ८७९ जना कोभिड-१९ मुक्त भएको प्रमाणित भएका छन्।

अहिले देशभरि १५,३९३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७,२७५ जना घरमै र अरू संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ।

को हुन् सङ्क्रमित?

अहिले फेला परेका सङ्क्रमितमध्ये ३९९ महिला र ७७१ जना पुरुष छन्।

काठमाण्डू जिल्लामा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ गरी उपत्यकामा ५१२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी मोरङमा ३२, सुनसरीम ४६, सिराहामा ३४, चितवनमा ३१, कास्कीमा ५४, दाङमा ४५, रूपन्देहीमा ८१, सुर्खेतमा ३९ र कैलालीमा ७० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमध्ये गम्भीर समस्या देखिएका १७९ जनालाई अहिले सघन उपचार र २९ जनालाई भेन्टिलेटरसहितको विशेष उपचार आवश्यक परेको छ।

वाग्मती प्रदेशमा आईसीयू र भेन्टिलेटरमा भएका सङ्क्रमितहरूको सङ्ख्या सर्वाधिक छ।

को हुन् मृतक?

मृतकहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका छन्।

मृतकमध्ये पाँच महिला र १० पुरुष छन्। मन्त्रालयका अनुसार एक महिलासहित आठ जनाको काठमाण्डू उपत्यकामा मृत्यु भएको हो।

मृतकहरू २३ देखि ८५ वर्ष सम्मका छन्।

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा १०,वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको डा. गौतमले बताए।

सो अवधिमा ८७९ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भए।

अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।

आइतवार १,०३९ जना कोभिड-१९ पुष्टि भएको थियो। तीमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकाका थिए।

यसरी बढिरहेको छ सङ्क्रमण. सोमवार अपराह्णसम्मको तथ्याङ्क.  .

श्राेत बी बी सी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button