विद्युत कटौती हुँदा महोत्तरी र सर्लाहीका स्थानीय समस्यामा




केही दिनदेखि भइरहेको वर्षाले विद्युत् अनियमित हुँदा महोत्तरी र सर्लाहीका बसिन्दाहरु हैरान भएका छन् । वर्षाले विद्युत् अनियमित हुँदा दैनिक काम गर्न असहज भैरहेको छ ।


यि जिल्लाभर नै छिन–छिनमै विद्युत् कटौति भइरहने समस्या देखिएको हो । ग्रामीण क्षेत्रका कतिपय ठाउँहरुमा घण्टौंँसम्म पनि विद्युत् ठप्प हुने गरेको स्थानीयले गुनासो गरे ।

पानी पर्नासाथ जिल्लामा पटक–पटक लाइन जाँदा जनजीवन कष्टकर बनेको छ । विद्युत् अनियमित हुँदा बिजुलीबाट मात्रै हुने कामहरु प्रभावित बनेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले केन्द्रीय प्रशारण लाइनमा आएको खराबीले गर्दा नै जिल्लामा विद्युत् अनियमित भएको जनाएको छ ।

वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले केन्द्रीय प्रशारण लाइनबाट नै एक ठाउँबाट अर्को ठाउँमा लाईन दिने क्रममा विद्युत भार बढि भएर यस्तो समस्या भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button