१३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ




सिराहामा एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्लाको कर्जन्हा नगरपालिका ३ बस्ने ४५ वर्षीय रामचन्द्र सदालाई प्रहरीले पक्राउ गरेको छ ।


सदाले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गर्न खोजेको र त्यसको १० दिन अगाडि पनि बाख्राको गोठमा जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button