जनकपूर ः झडप भएका दुइपक्ष बिच वार्ता हुंदै



मुस्लिम समुदायको मोहरम पर्वका लागि बनाइएको फोटो एक युवाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि त्यसमा आएको टिकाटिप्पणीका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई पक्षबीच शनिबार बिहान झडप भएको छ।


दुबै पक्षबीच झडप भएपछि स्थितिलाइ नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेकाे थियाे ।

बिहान भएको विवाद नियन्त्रणमा आइसकेको र विवाद समाधानका लागि दुबै पक्षबीच वार्ता भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button