शव परिवारले बुझ्न नमान्दा दुइ सातादेखि काठमाडौंमै



रौतहटमा प्रहरी हिरासतमै मृत्यु भएका गरुडा नगरपालिका–८ का विजय महराको शव परिवारले बुझ्न नमान्दा शव दुइ सातादेखि काठमाडौंमै रहेको छ ।


अपराध स्विकार्न प्रहरीले यातना दिएकाले छोराको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका पिडित पक्षले दोषीलाई कारबाही नहुञ्जेल सम्म शव नबुझ्ने अडान लिएपछि शव काठमाडौंमै थन्किएको हो ।

रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन रामको साउन ३१ गते राति घाँटी रेटी हत्या भएको घटनामा संलग्न विजयलगायत सात जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका विजयलाइ अपराध स्वीकार्न प्रहरीले क्रुर यातना दिएको थियो । प्रहरीको यातनाले सख्त घाइते भएका महरालाई भदौ ४ गते राति उपचारका लागि वीरगन्ज पु¥याइएकोमो १० गते बिहान मृत्यु भएको थियो ।

परिवारको मागअनुसार शवको पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको थियो । प्रहरीले हत्यामा संलग्न भन्दै पक्राउ गरेका ७ जनालाई कर्तव्यज्यान मुद्दा समेत चलाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button