पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु , हजार बढि कोरोना संक्रमित भेटिए




पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभरीमा ३ महिला र ११ पुरुष गरी थप १४ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ ।


यसैगरी शनिबार १२ बढि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २ सय १ कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

यो संगै कुल कोरोना संक्रमितको संख्या ५३ हजार १ सय ३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button