उज्यालाे नेपालका अभियन्ता कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव फाइल आज मन्त्रीपरिषदमा लैजाने




नेपाल विद्युत् प्राधिकरको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्तावकाे फाइल उर्जा मन्त्री बर्षमान पुनले आज मन्त्रीपरिषदमा लाने भएका छन् ।

विद्युत प्राधिकरणमा रहेर उत्कृष्ट काम गरेका घिसिङलाई पुनःनियुक्ति गर्ने तयारीमा मन्त्री पुन आफै लागि परेको मन्त्रालयले जनाएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले समेत घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने जिकिर गरेका छन् ।

मन्त्रीपरिषद्ले घिसिङ नियुक्तिमा निर्णय गर्न सक्ने मन्त्रालयको विश्वास समेत रहेको जनाएको छ ।

घिसिङले दैनिक १८ घण्टा हुने लाेडसेडिङलाइ शुन्यमा झार्दै जनतामा माझ उज्यालाे नेपालका अभियन्तका रूपमा लाेकप्रियता कमाएका थिए । केही समय अघि उनकाे समर्थमा सैंयाै जनाताहरू सडकमा उर्लिएका थिए । उनकाे कार्यकाल यही भदाै २९ गते सकिदैंछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button