आजको मौसम




हाल  मनसुनको  न्युन चापीय  रेखा  औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल  देशभर सामान्य देखि पुर्ण बदली भइ केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । 

आगामी तीन  दिनको  मौसम पूर्वानुमान 

भाद्र  २५  गते  (बिहिबार)

दिउँसो : देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  प्रदेश १ , बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर सामान्यतया  बदली   रही  केही स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र  २६ गते  (शुक्रबार)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  प्रदेश १ , प्रदेश २,  बागमती प्रदेश  र गण्डकी प्रदेशका  एक वा दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र  २७ गते  (शनिबार)

दिउँसो : देशभर  सामान्यतया  बदली   रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५  एक वा दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।

राती :  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग  सहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सन्दर्भ श्राेत माैसम पूर्वानुमान महाशाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button