कोरोना संक्रमित थप एक पुरुषको मृत्यु




वीरगञ्जमा कोरोना सङ्क्रमित थप एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार गराइरहनु भएका महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।


साउन १४ सङ्क्रमण पुष्टि भएपछि उहाँ अस्पताल भर्ना भएर उपचार गराइरहनु भएको थियो ।

ती पुरुषमा कोरोना सङ्क्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ । हिजो मात्रै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button