बाँकेमा काेराेना संक्रमणबाट थप एककाे मृत्यू



बाँकेमा कोरोनाभाइरसको संक्रमणबाट नेपालगञ्‍ज मेडिकल कलेजमा उपचार थप एक जनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्‍ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुष रहेका छन् ।


ती पुरुषमा भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको अस्पताल श्राेतले जनाएको छ । कोरोना संक्रमण पुष्टिपछि उनमा स्वास्थ्यमा समस्या आएको थियो । उनी मुटु र मधुमेहका रोगी समेत रहेकाे उपचारमा संल्घन चिकित्सकहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button