चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यू




चितवन मेडिकल कलेजमा उपचाररत् कोरोना संक्रमित ७० वर्षीय वृद्धका आइतबार बिहान मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार भरतपुर–१५ ति वृद्ध भदौ १२ गते छातीमा समस्या भएर अस्पताल भर्ना भएका वृद्धमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई आइसीयूमा भेन्टिलेटरको सहयोगमा उपचार गराइएको थियो ।

यो सँगै अहिलेसम्म कोरोना संक्रमणबाट चितवनमा १२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button