काेराेना संक्रमणबाट थप दुइ महिलाकाे मृत्यू



काेराेना संक्रमणबाट नेपालमा थप दुइ जनाकाे महिलाकाे मृत्यूभएकाे छ । मृत्यू हुनेमा  भक्तपुरको सूर्यविनायक नगरपालिकाकी ६१ वर्षीया महिला रहेकी छिन् । उनकाे  उपचारकाे क्रममा अाज बिहान  मृत्यु भएको छ।


ती महिला साउन २१ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी थिइन ।  उनी ब्लड क्यान्सरकाे विरामी हुनुका साथै पछिल्लो समय उनमा निमोनियाको समस्या समेत रहेकाे थियाे ।

त्यस्तै

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचार गराइरहेकी  ६७ वर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण  मृत्यु भएको छ।

उनी मोरङको बूढीगंगा-२ की महिला रहेकी छिन् ।   मंगलबार  बिहान २ बजे  स्वार्स फेर्न गाह्राे हुनुका साथै ज्वराे अाएपछि अस्पताल भर्ना गरिएकाेमा उनकाे साेहीदिन  साँझ पौने पाँच बजे मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ ।

उनी मुटुकी राेगी थिइन् ।  याे संगै नेपालमा काेराेनाबाट मर्नेकाे संख्या १ सय १६ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button