आज कुशे औँसी , बुवाकाे मुख हेर्ने दिन र माेतीजयन्ती मनाइदैं



हरेक वर्ष कुशे औँसीको दिन पर्ने बुबाको मुख हेर्ने दिन छोराछोरीहरूले  बुवालाइ  मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट  गरेर  आज  बाबुकाे मुख हेर्छन् ।


‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गर्दछन् ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ।

काेराेना भाइरस काेभिड १९ का कारण यस वर्ष आफ्नाे बुवालाइ भेट्न नपाएका छाेराेछाेरीले सामाजिक सञ्जालकाे प्रयाेग गरी  आशिर्वाद लिन सक्ने छन्  ।

बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्णरुपमा सिल गरिएको छ ।

त्यसैगरी अाजै

वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक  रहि  विश्वास आएकाे छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।   कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ ।

त्यस्तै आजै

नेपाली साहित्यकाे कविता फाँटका  माध्यमिक कालिन श्रृँगारिक गजलकार माेतीराम  भट्टको जन्म जयन्ती मनाइँदै छ । विस १९२३ भाद्र कुशेऔसीका दिन जन्मिए भाद्र कुशेऔसीकै दिन देहान्त भएकाे थियाे ।

नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै गुण लगाएका  माेतीरामकाे  मनाेद् वेगप्रवाह १९४२,प्रह्लाद भक्ती कथा १९४३,पञ्चकप्रपञ्चक १९४४,शाकुन्तला १९४४,उषाचरित्र १९४४ जस्ता कृति प्रकाशित छन् ।

उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतिराम भट्ट थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button