आजकाे माैसम



हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा वनेको  न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  अहिले  देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका एक दुइ स्थानहरुमा वर्षा भएको छ।


आगामी तीन  दिनको मौसम पूर्वानुमान

भाद्र ०२ गते (मंगलबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भाद्र ०३ गते (बुधबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०४ गते (विहिबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

 

सन्दर्भ श्राेत ः माैसम पूर्वानुमान महाशाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button