काेराेनाबाट माेरङमा थप २ जना महिलाकाे मृत्यू



नेपालमा काेराेना संक्रमणबाट मर्नेकाे संख्या १ सय नाँघेकाे छ । आइतबार बिहान देशभरबाट आएकाे तथ्याँक अनुसार काेराेनाबाट


माेरङमा थप २ जना महिलाकाे मृत्यु भएसंगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ सय ५ पुगेकाे छ ।  मृत्यु हुनेहरूमा विराटनगर महानगरपलिका ३ घर भएकी ५७ बर्षिया र मोरङ तिनपैनीकी ५० बर्षिया महिला रहेकी छन् ।

५७ वर्षीया  महिलाको गएराति विराटनगर स्थित माडवाडी शेवा सदनको आईसुलेसनमा मृत्यु भएको हो । उनकाे विहीबार गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रण पुष्टि भएको थियो । उक्त महिलालाइ  सुगर प्रेसर र दम रहेको अस्पताल श्राेतले जनाएकाे छ ।

अर्की ५० बर्षीया महिलाको सुनसरी स्थित बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा   मृत्यु भएको हो । विराटनगरको न्यूरो हस्पिटलबाट रिफर भएर प्रतिष्ठान आएकी उनको उपचारका क्रममा गएराति निधन भएको वीपी प्रतिष्ठानले जनाएकाे छ ।

उनलाइ चार/पाँच दिनदेखि अत्याधिक ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समेत गम्भीर समस्या भएको थियो । मृतक विगत लामो समयदेखि मुटु र फोक्सोको रोगी समेत रहेकाे श्राेतले भनेकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button