पर्सामा थप ७० जनामा कोरोना संक्रमण



पर्सामा ७० जना कोरोना संक्रमित थपिएका छन् ।  नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २२ महिला सहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको  हाे ।

अस्पताल श्राेतका  अनुसार संक्रमण पुष्टि हुनेहरु ५ वर्ष देखि ८६ वर्ष उमेर समूहका रहेका  छन् ।  संक्रमित हुनेमा बाराका ५ जना, पर्सा धोबिनी गाउँपालिका का १ जना र बाँकी सबै वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका हुन् ।


संक्रमित हुनेहरुमा  सुरक्षाकर्मी  र  चिकित्सक समेत  रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button