धनुषामा एक काेराेना संक्रमितकाे मृत्यू



धनुषाको जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।    मृत्यू हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन्  ।


प्रादेशिक अस्पतालकाे (कोभिड–१९) विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको हो । गत साउन ८ गते देखि आइसोलेसनमा भर्ना भएका उनलाइ लामो समयदेखि अत्यधिक ज्वारो आइरहेको अस्पताल श्राेतले जनाएकाे छ ।

संक्रमितको मृत्युपछि शव व्यवस्थापनको तयारी थालिएको  छ । संक्रमितको ट्राभल हिस्ट्री अनुसार सबै सम्पर्कमा आएकाहरुको पहिचान भइसकेको र सम्पर्कमा आइसकेका छन् ।  याे संगै नेपालमा काेराेनाबाट मर्नेकाे संख्या ८१ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button